बैशाख १२ । चट्याङ लागेर रुकुमको गोतामकोटमा एक महिलाको मृत्यु भएको छ भने अन्य दुई महिला घाइते भएका छन् ।

वडा नं ५ का प्रजित भण्डारीको घरमा गएराति परेको चट्याङ लागेर २४ वर्षीया रूपी भण्डारीको मृत्यु भएको हो । चटयाङ लागेकी भण्डारीको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

सोही चट्याङले लागेर ३२ वर्षकी रूपी भण्डारी, ३१ वर्षीया चन्द्रकला भण्डारी घाइते भएका छन् । घाइते दुवैको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ । चट्याङबाट ढुङ्गाले छाएको घरमा घर पूर्ण रूपमा क्षति भएको स्थानीय घनश्याम भण्डारीले जानकारी दिए ।

चट्याङले लागेर एउटा गोरु मरेको छ भने एउटा भंैसी घाइते भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।