वैशाख ९ – राष्ट्रपति डा. रामवरण यादवले निर्वाचनको विकल्प नभएकाले सबै राजनीतिक दललाई निर्वाचनमा सामेल गराउनु पर्ने बताएका छन् ।

 केही दिन बस्ने गरी सोमबार दिउसो आफ्नो गृहजिल्ला धनुषा पुगेका यादवले निर्वाचनको विकल्प नभएकाले सबैलाई निर्वाचनमा सहभागी गराएर संविधानसभाको निर्वाचनमार्फत राजनीतिक संकटको समाधान गर्नुपर्ने बताएका हुन् ।

धनुषको सपहीमा रहेको आफ्नो पुख्यौँली घरमा पुगेका यादवले स्थानीय नेता, कार्यकर्ता र सञ्चारकर्मीसँग भने ‘संविधान र लोकतन्त्रकालागि संविधानसभाको निर्वाचन आवश्यक छ । सबै दल मिलेर निर्वाचनलाई सफल बनाउनु पर्छ ।’

यादवले आगमी निर्वाचनमा सबै दललाई समेटेर अगाडि बढ्न प्रमुख राजनीतिक दललाई आग्रह समेत गरेका छन् । निर्वाचनका लागि आफूले जस्तोसुकै सहयोग गर्ने भन्दै यादवले सरकार समेत निर्वाचन गराउनका लागि तत्पर भएको बताए । सोमबार राष्ट्रपति यादव काठमाडौँबाट सेनाको हेलिकप्टर मार्फत महेन्द्र हुँदै महेन्द्रनगर देखि ७ किलोमिटर बाटो मोटरमा गुडेर आफ्नो पुख्र्यौली घर सपही पुगेका हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।