वैशाख ९ – नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले माओवादी लुटेराहरुको समूहमात्र भएको अरोप लगाएका छन् ।

सोमबार एमाले लुम्बिनी अञ्चलले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले यस्तो आरोप एकीकृत माओवादी र नेकपा–माओवादीप्रति लक्षित गर्दै लगाएका हुन् ।

कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमा बोल्दै ओलीले भने ‘माओवादी सँग कुनै विचार छैन । माओवादी लुटेराहरुको समूह मात्र हो ।’ माओवादीप्रति आक्रोशित रुपमा देखिएका ओलीले माओवादीलाई लुटेराहरुको संज्ञा दिएका हुन् । माओवादीको आलोचना गर्दै ओलीले थपे ‘माओवादी नयाँ जनवाद , एक्काइसौ शताव्दीको जनवाद, प्रचण्डपथ जस्ता विचार र वादलाई छोडेर अब लुटेराको समूह मात्र भएको ।’

 ओलीले माओवादीले माक्र्सवादको सिद्धान्तलाई बुझ्नै नसकेर गलत अर्थ लगाउँदै हिडेको आरोप समेत लगाएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।