बैशाख ८, रासस – ट्याक्टरले बोकेको बाँसमा छेडिएर झापाको दमकमा यात्रुबाहक बसका एक सहचालकको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गको दमक १३ मा मे१त २४६८ नम्बरको ट्र्याक्टरले बोकेको बाँसमा छेडिएर गम्भीर घाइते ना४ख ५१७४ नम्बरको बसका सहचालक २५ वर्षीय मिलन शर्माको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

शनिबार दिउँसो भएको सो दुर्घटनामा गम्भीर घाइते भएका शर्मालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्र्याक्टर चालक जनक कार्कीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।