त्यस्तै नाम जोडिन पुगेको छ पछिल्लो पटक पनि । जुन वृतान्त चिनियाँ सरकारले नेपाली पत्रकारहरुलाई चिनियाँ भाषा सिकाउन दिइएको पैसामा आधारित छ ।
यतिसम्म केही व्यक्तिसँगको मिलेमोतोमा हिसिलाले पत्रकारको नाममा आएको पैसामा समेत छड्के आँखा गाडेके हल्ला फिजिएपछि यतिबेला परराष्ट्र मन्त्रालय र चिनियाँ दुतावासमा खैलाबैला भएको स्रोत बताउँछ ।
तालिममा सहभागी पत्रकारहरुलाई खाजाको व्यवस्था गरिए पनि कालो चियामा टाडिदै गएको र ‘डायरी किन्ने पैसामा समेत गडबड हुन पुगेको छ । त्यहाँ तालिममा सहभागी पत्रकारहरुले डायरी भने आफैँ किनेर अहिले भाषा सिकीरहेको बताइएको छ ।
नेपाली पत्रकारलाई चिनियाँ भाषाको आधारभूत जानकारी गराउने उद्देश्यले सिनामंगल स्थित सूचना विभागको कार्यकक्षमा भाषा तालिम भने अहिले पनि चलिरहेको छ ।
तालिममा माओवादी निकट तथा माओवादी बिट हेर्ने पत्रकारहरुको बढी उपस्थिति छ ।
पत्रकारहरुसँग सम्बन्धित पैसामै हिसिलाले कसरी त्यस्तो आट गरिन् भन्ने हाम्रो जिज्ञासामा स्रोत भन्छ- ‘बाबुराम भट्टराई नेतृत्वको सरकारका समयमा तालिम कार्यक्रम स्वीकृत भएका कारण हिसिलाले हिस्सा खोजेकी हुनसक्छ ।’



