बैशाख ७ – वर्षासंगै परेको चट्याङले गुल्मीमा दुई जनाको ज्यान गएको छ ।

चट्याङ लागेर गुल्मीमा शुक्रबार राति दुई जनाको ज्यान गएको हो भने पाँच जना घाइते भएका हुन् ।

यसरी ज्यान गुमाउनेमा गौंडाकोटका शेरबहादुर विश्वकर्माका ८ महिनाका छोरा र हाडहाडे ७ घोसकी १३ वर्षीया बसन्ती काउछा रहेका छन् ।

घाइतेमध्ये एकजनाको ताम्घास जिल्ला अस्पताल र अरुको तानसेन प्रभासको लुम्बिनी मेडिकल कलेजमा उपचार भईरहेको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।