बैशाख ६ – सिन्धुपाल्चोक स्थायी घर भएकी एक युवती भारतमा बलात्कारको सिकार बन्न पुगेकी छिन् । तर उनलाई बलात्कार गर्नेमा भने अरु नभएर नेपाली नै भएको पनि खुल्न गएको छ ।
भारतको राजधानी दिल्लीस्थित साउथ एक्स्टेन्शन नजिकैबाट अपहरणपछि उनलाई बलात्कार गरिएको थियो ।
ती नेपाली चेलीलाई शुक्रबार बिहान नयाँ दिल्लीस्थित नानकपुराको फ्लाइओभरमा अर्धनग्न अवस्थामा भेटिएको थियो ।

उक्त घटनामा तीन जना संलग्न रहेको भनिएको दुई जना भने पक्राउ परेका छन् । ती दुवै जना नेपाली रहेको बताइएको छ ।
पछिल्लो पटकका घटनाले दिल्ली महिलाका लागि असुरक्षित स्थानमा सुचित गर्दै लगेको छ । त्यसो त भारतमा बलात्कारको घटना बढेपछि त्यसविरुद्ध कडा कानुन समेत तर्जुमा गरिदैछ।
Comments






