बैशाख ६ – सत्ताबाट बाहिरिएपछि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपतिका विरुद्धमा कसिलो आरोप लगाएका छन् ।

शुक्रबार उनले आफ्नै निवास सानेपामा पत्रकारसँग राष्ट्रपति डा। रामवरण यादवले चार पटक सत्ता कब्जाको प्रयास गरेको आरोप लगाएका हुन् ।

राष्ट्रपतिले जेठ १५, साउन ७ गते, कात्तिक पहिलो र मंसिर दोस्रो हप्ता सत्ता आफ्नो हातमा लिन खोजेको उनको भनाई छ । तर सरकार सचेत भएकाले मात्रै उनको कमद असफल भएको भट्टराइले दाबी गरेका छन् ।

जेठ १५ गते संविधानसभा विघटन भएपछि अवैधानिक भनेर हटाउने तयारी गरेकोमा आफूले संविधान सभाको म्याद छँदै चुनावको मिति तोकेर राष्ट्रपतिको प्रयास असफल पारेको भट्टराईले सञ्चारकर्मीहरुसँग बताए ।

मंसिर ७ मा पनि चुनाव गर्न नसकेको भनेर पनि सत्ता कब्जा गर्न खोजेको पनि उनले बताए । कात्तिक पहिलो हप्ता प्रधान सेनापति गौरव शमशेर राणालाइ भेटेर राष्ट्रपतिले सत्ता लिने कोशिस गरेको भए पनि सेनाको समर्थन नपाएकाले राष्टपतिले त्यसो नगरेको पनि भट्टराइले बताए ।

सोही अवसरमा उनले कांग्रेस एमालेले चुनाव नै नचाहेको समेत उल्लेख गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।