स्याल नामको डनलाई छुटाउन कांग्रेसमा आन्दोलन

बैशाख ५ – पार्टी निकटका स्याल नामले चिनिने संजिव लामालाई प्रहरीले पक्राउ गरेपछि कांग्रेसलाई उसलाई छुटाउन आन्दोलन नै गरेको छ । जेलबाट निस्किएलगत्तै गुण्डागर्दी सुरु गरेपछि प्रहरीले उनलाई प्रक्राउ गरेको थियो ।

तर पक्राउ पछि काँग्रेसको भातृ संगठन नेपाल तरुण दल जिल्ला समितिले स्याललाई छुटाउन बुधवार दुई घण्टा सदरमुकाम धुलिखेल बन्द गरायो ।

सदरमुकाम धुलिखेल ३ देखि ५ बजे सम्म बन्द गरेपछि तरुणले दलले उल्टै लामालाई प्रहरीले बिनाकारण पक्राउ गरेकाले शर्त बिना छोड्नुपर्ने बतायो । उनलाई बिना शर्त नछाडे आन्दोलन जारी राख्ने चेतावनी समेत कांग्रेसले दिएको छ ।

लामालाई सार्वजनिक अपराधको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौले चैत्र २४ गते न्यूरोड गेटबाट पक्राउ गरेको थियो । उनलाई गौशाला क्षेत्रमा रहेको एक म्यानपावर तोडफोड गरेका अभियोग प्रहरीले लगाएको छ ।

लामालाई २०६६ साल माघ ६ गते गोठाटारमा हत्याकाण्डमा अदालतले एक बर्ष बढी सजाय सुनाएको थियो । जिल्लाको छक्रेबाँझ ५ घर भएका लामा जेलबाट बाहिर निस्के लगत्तै आफ्ना सहयोगीसहित कांग्रेसमा प्रवेश गरेका थिए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।