बैशाख ४ – हेटौंडामा रहेको कुलेखानी जलविद्युत आगो लागेर क्षति पुगेपछि त्यहाँ उत्पादन हुने विद्युत अवरुद्ध हुन पुगेको छ ।

हेटौंडाको भैसे गाविस-१ स्थित कुलेखानी जलविद्युतमा दोस्रो आयोजनाको कम्पाउन्डमा रहेको तीनवटा विद्युत ट्रान्सर्फमरमा गए राति आगलागी भएको हो । उक्त आगलागीबाट करिब २५ करोड रुपैयाँ बराबरको सम्पत्ति जलेर नष्ट भएको छ ।

आगलागीका कारण कुलेखानी दोस्रोबाट उत्पादन हुने ३२ मेगावाट विद्युत् उत्पादन अवरुद्ध हुन पुगेको हो ।

आयोजनामा लागेको आगो भने नेपाली सेना, प्रहरी, स्थानीय बासिन्दा, चितवन, वीरगन्ज र हेटौँडाका दमकलले करिब दुई घण्टापछि नियन्त्रणमा लिएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।