बैशाख ४ – व्यवसायीलाई मोबाइलबाट फोन गरेर पैसा असुल्न खोज्ने डडेल्धुराको रुपाल गाविस–५ का भोजराज जोशीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरी हिरासतमा राखेको छ ।

कञ्चनपुरको त्रिभुवनवस्तीका इँटा व्यवसायी फैरु तामाङका कर्मचारी वीरभद्र जोशीलाई बारम्बार मोबाइलबाट फोन गरी डर धम्की देखाई भोजराजले पैसाको माग गर्दै आएका थिए ।

पीडितले मोबाइल नम्बरसहित प्रहरी कार्यालयमा उजुरी गरेपछि प्रहरीले मोवाइल फोनसहित भोजराजलाई पक्राउ गरेको राससले उल्लेख गरेको छ ।

फोन डिटेलका आधारमा अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनले अर्काको फोन प्रयोग गरेर धम्क्याउदै पैसा माग्दै आएको थिए ।

पक्राउ परेका भोजराजलाई हिरासतमा राखेर अनुसन्धानको कार्य अगाडि बढाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।