देशको वर्तमान आर्थिक स्थिति
(आर्थिक वर्ष २०६९/७० को आठ महिनासम्मको तथ्याङ्कमा आधारित)
मौद्रिक स्थिति
मुद्राप्रदाय
१. आर्थिक वर्ष २०६९/७० को आठ महिनासम्ममा विस्तृत मुद्राप्रदाय ६.२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय १२.२ प्रतिशतले वृद्धि भएको थियो । वार्षिक विन्दुगत आधारमा २०६९ फागुन मसान्तमा विस्तृत मुद्रा प्रदाय १६.१ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०६९÷७० को आठ महिनासम्ममा संकुचित मुद्रा प्रदाय अघिल्लो वर्षको सोही अवधिमा ६.४ प्रतिशतले बढेको तुलनामा समीक्षा अवधिमा १.६ प्रतिशतले बढेकोे छ । वार्षिक विन्दुगत आधारमा भने २०६९ फागुन मसान्तमा संकुचित मुद्रा प्रदाय १३.२ प्रतिशतले वृद्धि भएको छ ।
२. समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) रु. ११ अर्ब ७८ करोड (३.१ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु. ८१ अर्ब ९ करोड (३६.६ प्रतिशत) ले बढेको थियो । समीक्षा अवधिमा निर्यातको तुलनामा आयातको विस्तार उच्च रहेको र विप्रेषण आप्रवाहको वृद्धि तुलनात्मक रुपमा कम रहनुका साथै पूँजीगत तथा चालू ट्रान्सफर आप्रवाह अघिल्लो वर्षको तुलनामा घटेकोले मौद्रिक क्षेत्रको खुद वैदेशिक सम्पत्तिको विस्तार कम हुन गएको हो ।
कुल आन्तरिक कर्जा
३. आर्थिक वर्ष २०६९÷७० को आठ महिनासम्ममा कुल आन्तरिक कर्जा ८.९ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्र्षको सोही अवधिमा उक्त कर्जा ३.४ प्रतिशतले मात्र बढेकोे थियो । वार्षिक विन्दुगत आधारमा २०६९ फागुन मसान्तमा यस्तो कर्जा १४.८ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा निजी क्षेत्रतर्फको दावी उल्लेख्य रुपमा बढेकोेले कुल आन्तरिक कर्जाको वृद्धि उच्च रहन गएको हो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फको कर्जा १५.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो कर्जा ७.१ प्रतिशतले मात्र विस्तार भएको थियो ।
सञ्चित मुद्रा
४. समीक्षा अवधिमा सञ्चित मुद्रा १०.० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा १४.१ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा नेपाल राष्ट्र बैंकको सरकार माथिको खुद दावी घटेको र खुद वैदेशिक सम्पत्तिको वृद्धि दर कम भएकोले सञ्चित मुद्रामा कमी आएको हो । वार्षिक विन्दुगत आधारमा भने २०६९ फागुन मसान्तमा सो मुद्रा ७.५ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालनको स्थिति
५. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालन ६.८ प्रतिशत (रु. ६८ अर्ब ६२ करोड) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप परिचालन ११.४ प्रतिशत (रु. ९४ अर्ब ७ करोड) ले बढेको थियो । समीक्षा अवधिमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको निक्षेप परिचालन क्रमशः ५.७ प्रतिशत, ८.५ प्रतिशत र ४.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंक र विकास बैंकहरुको निक्षेप परिचालन क्रमशः १३.६ प्रतिशत, ६.८ प्रतिशतले बढेको थियो भने वित्त कम्पनीहरुको केही घटेको थियो । वार्षिक विन्दुगत आधारमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालन १७.८ प्रतिशत (रु. १६३ अर्ब १४ करोड) ले वृद्धि भई २०६९ फागुन मसान्तमा रु. १०८० अर्ब ४४ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाहको स्थिति
६. आर्थिक वर्ष २०६९÷७० को आठ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा तथा लगानी १३.८ प्रतिशत (रु. १३३ अर्ब ५१ करोड) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा तथा लगानी ८.६ प्रतिशत (रु. ७३ अर्ब २६ करोड) ले मात्र बढेको थियो । समीक्षा अवधिमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुकोे कर्जा तथा लगानी क्रमशः १३.१ प्रतिशत, ८.५ प्रतिशत र ६.६ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा तथा लगानी १८.६ प्रतिशत (रु. १७३ अर्ब ३ करोड) ले वृद्धि भई २०६९ फागुन मसान्तमा रु. ११०१ अर्ब १६ करोड पुगेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १४.६ प्रतिशत (रु. ११४ अर्ब) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५.९ प्रतिशत (रु. ४० अर्ब ७६ करोड) ले मात्र बढेकोे थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १४.३ प्रतिशतले, विकास बैंकहरुको १६.१ प्रतिशतले र वित्त कम्पनीहरुको १५.४ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा वार्षिक विन्दुगत आधारमा २१.५ प्रतिशत (रु. १५८ अर्ब १० करोड) ले वृद्धि भई २०६९ फागुन मसान्तमा रु. ८९३ अर्ब २६ करोड पुगेको छ ।
७. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा रु. २३ अर्ब ८२ करोडले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त क्षेत्रतर्फको कर्जा रु. १५ अर्ब ९३ करोडले मात्र बढेको थियो । त्यसैगरी, अघिल्लो वर्षको सोही अवधिसम्ममा कृषि क्षेत्रतर्फको कर्जा रु. ४ अर्ब ९८ करोडले बढेको तुलनामा समीक्षा अवधिमा रु. ८ अर्ब ८९ करोडले बढेको छ । समीक्षा अवधिमा निर्माण क्षेत्रतर्फको कर्जा रु. ७ अर्ब ४४ करोडले बढेको छ भने थोक तथा खुद्रा व्यापारतर्फको कर्जा रु. २६ अर्ब ८५ करोडले र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा रु. ४ अर्ब ९७ करोडले बढेको छ ।
तरलता व्यवस्थापन
८. आर्थिक वर्ष २०६९÷७० को आठ महिनासम्ममा खुला बजार कारोबार अन्तर्गत सोझै बिक्री बोलकबोल मार्फत रु. ८ अर्ब ५० करोड बराबरको तरलता प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा बिक्री बोलकबोल मार्फत रु. ८ अर्ब ४० करोड तरलता प्रशोचन भएको थियो भने रिपो बोलकबोल मार्फत रु. ७४ करोड ३७ लाख बराबरको तरलता प्रवाह भएको थियो ।
९. आर्थिक वर्ष २०६९÷७० को आठ महिनासम्ममा नेपाल राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर १ अर्ब ७९ करोड खुद खरिद गरी रु. १५५ अर्ब १७ करोड बराबरको खुद तरलता प्रवाह गरेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब ५ करोड खुद खरिद गरी रु. १६० अर्ब ६० करोडकोे खुद तरलता प्रवाह भएकोे थियो ।
१०. समीक्षा अवधिमा अमेरिकी डलर १ अर्ब ९६ करोड बिक्री गरी रु. १७० अर्ब ४२ करोड बराबरको भा.रु. खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर १ अर्ब ८० करोड बिक्री गरी रु. १४० अर्ब ८२ करोड बराबरको भा.रु. खरिद भएको थियो ।
अन्तर–बैंक कारोबार र स्थायी तरलता सुविधाको उपयोग
११. आर्थिक वर्ष २०६९÷७० को आठ महिनासम्ममा वाणिज्य बैंकहरुले रु. ३९० अर्ब १८ करोड र अन्य वित्तीय संस्थाहरू (विकास बैंक र वित्त कम्पनीहरु) ले रु. १०० अर्ब ६२ करोड बराबरको अन्तर–बैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरु र अन्य वित्तीय संस्थाहरूले क्रमशः रु. १२९ अर्ब १७ करोड र रु. ११३ अर्ब ६५ करोड बराबरको यस्तो कारोबार गरेका थिए । समीक्षा अवधिमा रु. १६ अर्ब ५६ करोडको स्थायी तरलता सुविधा उपयोग भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु. ४ अर्ब ३५ करोडको स्थायी तरलता सुविधा उपयोग भएको थियो ।
अल्पकालीन ब्याजदर
१२. २०६९ को फागुन महिनामा अघिल्लो वर्षकोे सोही महिनाको तुलनामा अल्पकालीन ब्याजदरहरु मध्ये ९१–दिने ट्रेजरी विल र वाणिज्य बैंकहरुको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदरमा केही वृद्धि भएको छ भने अन्य वित्तीय संस्थाहरुबीचकोे अन्तर–बैंक भारित औसत ब्याजदरमा कमी आएको छ । सो अनुसार ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर अघिल्लो वर्षको फागुन महिनामा ०.९७ प्रतिशत रहेकोमा २०६९ फागुन महिनामा ४.०२ प्रतिशत पुगेको छ । त्यसैगरी, वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर अघिल्लो वर्षको फागुनमा ०.६९ प्रतिशत रहेको तुलनामा २०६९ फागुनमा ४.२६ प्रतिशत पुगेको छ भने अन्य वित्तीय संस्थाहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर अघिल्लो वर्षको फागुनमा ७.५८ प्रतिशत रहेको तुलनामा २०६९ फागुनमा ४.८१ प्रतिशत रहेको छ ।
धितोपत्र बजार
१३. नेप्से सूचकाङ्क वार्षिक बिन्दुगत आधारमा ७३.८ प्रतिशतले वृद्धि भई २०६९ फागुन मसान्तमा ५४५.७ बिन्दुमा पुगेको छ । सो सूचकाङ्क अघिल्लो वर्षको सोही अवधिमा १८.३ प्रतिशतले घटी २०६८ फागुन मसान्तमा ३१३.९ बिन्दु कायम भएको थियो ।
१४. धितोपत्रको बजार पूँजीकरण वार्षिक बिन्दुगत आधारमा ८०.४ प्रतिशतको उल्लेख्य वृद्धि भई २०६९ फागुन मसान्तमा रु. ५२९ अर्ब ७२ करोड कायम भएको छ ।
१५. बजार पूँजीकरणका आधारमा धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाहरूको सबैभन्दा बढी हिस्सा रहेको छ । २०६९ फागुन मसान्तमा कायम रहेको बजार पूँजीकरणमा बैंक तथा वित्तीय संस्थाहरू (बीमा कम्पनी समेत) को अंश ७१.५ प्रतिशत रहेको छ भने उत्पादन तथा प्रशोधन क्षेत्रको २.८ प्रतिशत, होटलहरूको १.६ प्रतिशत, व्यापारिक संस्थाहरूको ०.२ प्रतिशत, जलविद्युत क्षेत्रको ५.६ प्रतिशत र अन्यको १८.२ प्रतिशत रहेको छ ।
१६. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०६८ फागुन मसान्तसम्ममा २१४ रहेकोमा २०६९ फागुन मसान्तसम्ममा २२९ पुगेको छ । सूचीकृत कम्पनीहरूमा पनि बैंक तथा वित्तीय संस्थाहरूको बाहुल्यता रहेको छ । २०६९ फागुन मसान्तसम्ममा सूचीकृत कम्पनीहरूमध्ये १९७ वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनी समेत) रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, ४ वटा होटल, ४ वटा व्यापारिक संस्था, ४ वटा जलविद्युत कम्पनी र २ वटा अन्य समूहका रहेका छन् ।
१७. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको चुक्ता पूँजी वार्षिक बिन्दुगत आधारमा ९.८ प्रतिशतले बढी २०६९ फागुन मसान्तमा रु. ११९ अर्ब १० करोड पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा थप धितोपत्रहरू सूचीकृत भएका कारण चुक्ता पूंजीमा वृद्धि भएको हो । चालू आर्थिक वर्षको आठ महिनासम्ममा रु. ६ अर्ब ५४ लाख बरावरको साधारण शेयर, रु. १ अर्व ६८ करोड ४३ लाख बराबरको बोनस शेयर र रु. २५ करोड ८ लाख बराबरको हकप्रद शेयर गरी कुल रु. ७ अर्ब ९४ करोड ५ लाख बराबरको धितोपत्र सूचीकृत भएको छ ।
मुद्रास्फीति र तलब तथा ज्यालादर
उपभोक्ता मुद्रास्फीति
१८. २०६९ फागुन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १०.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ७.० प्रतिशत रहेको थियो । समीक्षा महिनामा वार्षिक विन्दुगत आधारमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचकाङ्कको वृद्धिदर ११.३ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको सूचकाङ्कमा ९.३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मूल्य सूचकाङ्कमा क्रमशः ४.२ प्रतिशत र ९.४ प्रतिशतले वृद्धि भएको थियो ।
१९. २०६९ फागुन महिनामा खाद्य तथा पेय पदार्थ समूहमा पर्ने वस्तुहरुमध्ये माछा मासु उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्कको वृद्धिदर सबैभन्दा बढी अर्थात १७.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त उप–समूहको मूल्य सूचकाङ्कमा ५.८ प्रतिशतले वृद्धि भएको थियो । अघिल्लो वर्षको सोही अवधिमा १३.३ प्रतिशतले वृद्धि भएको घिउ–तेल उप–समूहहरुको मूल्य सूचकाङ्क २०६९ फागुन महिनामा १३.९ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, खाद्यान्न र दलहन उप–समूहहरुको मूल्य सूचकाङ्कमा २०६९ फागुन महिनामा क्रमशः १२.९ प्रतिशत र १२.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यी उप–समूहहरुको मूल्य सूचकाङ्कमा २.४ प्रतिशत र १.८ प्रतिशतले ह्रास भएको थियो । अघिल्लो वर्षको सोही अवधिमा ११.४ प्रतिशतले वृद्धि भएको रेष्टुरेन्ट तथा होटल उप–समूहको मूल्य सूचकाङ्क २०६९ फागुन महिनामा १२.२ प्रतिशतले वृद्धि भएको छ ।
२०. २०६९ फागुन महिनामा गैर–खाद्य तथा सेवा समूहका वस्तुहरुमध्ये फर्निसिंग तथा घरायसी उपकरण उप–समूहको मूल्य सूचकाङ्कमा १२.७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधीमा उक्त उप–समूहको मूल्य सूचकाङ्कमा १३.४ प्रतिशतले वृद्धि भएको थियो । त्यस्तै, २०६९ फागुन महिनामा शिक्षा र लत्ता–कपडा तथा जुत्ता–चप्पल उप–समूहहरुको मूल्य सूचकाङ्कमा क्रमशः १२.५ प्रतिशत र ११.५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधीमा उल्लिखित उप–समूहहरुको मूल्य सूचकाङ्कमा क्रमशः ८.९ प्रतिशत र १५.२ प्रतिशतले वृद्धि भएको थियो । त्यसैगरी, २०६९ फागुन महिनामा घरायसी उपयोग र यातायात उप–समूहहरुको मूल्य सूचकाङ्कमा क्रमशः ९.७ प्रतिशत र ८.४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधीमा यस्तो सूचकाङ्कमा क्रमशः ६.३ प्रतिशत र १७.० प्रतिशतले वृद्धि भएको थियो । संचार उप–समूहको मूल्य सूचकाङ्कमा भने २०६९ फागुन महिनामा २.१ प्रतिशतले ह्रास भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त उप–समूहको मूल्य सूचकाङ्कमा ८.२ प्रतिशतले ह्रास भएको थियो ।
२१. क्षेत्रगत आधारमा विश्लेषण गर्दा २०६९ फागुन महिनामा सवैभन्दा बढी मूल्य सूचकाङ्क काठमाडौं उपत्यकामा १०.८ प्रतिशतले वृद्धि भएको छ भने तराई र पहाडको मूल्य सूचकाङ्कको वृद्धिदर क्रमशः १०.२ प्रतिशत र ९.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मूल्य सूचकाङ्कको वृद्धिदर क्रमशः ५.६ प्रतिशत, ७.१ प्रतिशत र ८.६ प्रतिशत रहेको थियो ।
थोक मुद्रास्फीति
२२. २०६९ फागुन महिनामा थोक मूल्य सूचकाङ्कको वार्षिक विन्दुगत वृद्धिदर ९.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धिदर ६.३ प्रतिशत रहेको थियो । कृषिजन्य बस्तुको मूल्य वृद्घि उच्च रहेकोले समीक्षा महिनामा थोक मूल्य सूचकाङ्कको वार्षिक विन्दुगत वृद्धिदर अघिल्लो वर्षको सोही महिनाको तुलनामा उच्च रहेको हो ।
राष्ट्रिय तलव तथा ज्यालादर सूचकाङ्क
२३. २०६९ फागुन महिनामा वार्षिक विन्दुगत राष्ट्रिय तलव तथा ज्यालादर सूचकाङ्क ७.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क २७.६ प्रतिशतले वृद्धि भएको थियो । २०६९ फागुन महिनामा तलब सूचकाङ्कमा कुनै परिवर्तन भएको छैन । तर, ज्यालादर सूचकाङ्कमा ९.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा तलब सूचकाङ्कमा १९.३ प्रतिशतले वृद्धि भएको थियो भने ज्यालादर सूचकाङ्कमा २९.८ प्रतिशतले वृद्धि भएको थियो ।
२४. २०६९ फागुन महिनामा ज्यालादर अन्तर्गत कृषि मजदुरको ज्यालादर सूचकाङ्क १२.५ प्रतिशतले, निर्माण मजदुरको ६.३ प्रतिशतले र औद्योगिक मजदुरको ४.७ प्रतिशतले वृद्धि भएकोे छ । अघिल्लो वर्षको सोही अवधिमा उल्लिखित सूचकाङ्कहरुमा क्रमशः २७.१ प्रतिशत, ३४.१ प्रतिशत र ३४.३ प्रतिशतले वृद्धि भएको थियो ।
सरकारी वित्त स्थिति
बजेट घाटा/बचत
२५. आर्थिक वर्ष २०६९÷७० को आठ महिनासम्ममा सरकारी बजेट रु. ३१ अर्ब ९४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी बजेट रु. १७ अर्ब ४० करोडले मात्र बचतमा रहेको थियो । समीक्षा अवधिमा स्रोत परिचालनको तुलनामा सरकारी खर्च न्यून रहेकोले सरकारी बजेट बचत उल्लेख्य रहेको हो ।
सरकारी खर्च
२६. समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च १.५ प्रतिशतले वृद्धि भई रु. १६१ अर्ब ४६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी खर्च १९.९ प्रतिशतले वृद्धि भएको थियो । चालू आर्थिक वर्षको पूर्ण बजेट प्रस्तुत हुन नसकेकाले अघिल्लो वर्षको सोही अवधिको तुलनामा समीक्षा अवधिमा कुल सरकारी खर्चको वृद्धि दरमा कमी आएकोे हो ।
सरकारी राजस्व
२७. आर्थिक वर्ष २०६९÷७० को आठ महिनासम्ममा नेपाल सरकारको राजस्व परिचालन २३.२ प्रतिशतले वृद्धि भई रु. १७७ अर्ब ९७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व १७.४ प्रतिशतले वृद्धि भई रु. १४४ अर्ब ४७ करोड पुगेको थियो । आयातमा भएको वृद्धिका कारणले समीक्षा अवधिमा राजस्व परिचालन उच्च रहेको हो ।
२८. समीक्षा अवधिमा मूल्य अभिवृद्धि कर राजस्व १७.० प्रतिशतले वृद्धि भई रु. ५३ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा सोको वृद्धिदर १४.४ प्रतिशत रहेको थियो । आयात मार्फत प्राप्त हुने मूल्य अभिवृद्धि करको उच्च वृद्धिदरका कारण समीक्षा अवधिमा मूल्य अभिवृद्धि करको वृद्धिदरमा विस्तार आएको हो ।
२९. समीक्षा अवधिमा नेपाल सरकारको भन्सार महसूलबाट प्राप्त हुने राजस्व ३९.७ प्रतिशतले वृद्धि भई रु. ३६ अर्ब ४६ करोड पुगेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा सो राजस्व ११.३ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा समग्र आयातका साथै उच्च भन्सार दर लाग्ने सवारी साधनहरु तथा पाटपुर्जाको आयातमा वृद्धि भएको कारण भन्सार राजस्वको वृद्धिदरमा विस्तार आएको हो ।
३०. समीक्षा अवधिमा सरकारको आयकर राजस्व ३२.४ प्रतिशतले वृद्धि भई रु. ३६ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा आयकर राजस्व २२.८ प्रतिशतले मात्र वृद्धि भएको थियो । समीक्षा अवधिमा आयकर प्रशासनमा भएको सुधारको सकारात्मक प्रभाव एवं करदाता शिक्षा मार्फत चेतनामा भएको अभिवृद्धिका कारण समेत आयकर राजस्वमा वृद्धि भएको हो ।
३१. समीक्षा अवधिमा अन्तःशुल्क राजस्व १९.७ प्रतिशतले वृद्धि भई रु. २३ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त राजस्व ११.६ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा उच्च अन्तःशुल्क दर भएका सवारी साधनको आयातमा वृद्धि आएको कारण अन्तःशुल्क राजस्वमा वृद्धि भएको हो ।
३२. समीक्षा अवधिमा नेपाल सरकारको गैर–कर राजस्व बढेर रु. २१ अर्ब १८ करोडमा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त राजस्व रु. २० अर्ब ४२ करोड पुगेको थियो । गैर–कर राजस्व असुलीमा अर्थ मन्त्रालयबाट भएको प्रभावकारी अनुगमन र समन्वयका कारणले यस्तो राजस्वमा बृद्धि भएको हो ।
वैदेशिक नगद ऋण र अनुदान
३३. आर्थिक वर्ष २०६९÷७० को आठ महिनासम्ममा नेपाल सरकारलाई वैदेशिक नगद ऋण वापत रु. ६ अर्ब ९३ करोड र वैदेशिक नगद अनुदान वापत रु. ८ अर्ब ६८ करोड प्राप्त भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ती शीर्षकहरुमा क्रमशः रु. ३ अर्ब २७ करोड र रु. २५ अर्ब ८० करोड प्राप्त भएको थियो ।
वाह्य क्षेत्र
वैदेशिक व्यापार
३४. आर्थिक वर्ष २०६९÷७० को आठ महिनासम्ममा कुल वस्तु निर्यात ५.० प्रतिशतले वृद्धि भई रु. ५१ अर्ब १ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४.१ प्रतिशतले वृद्धि भई रु. ४८ अर्ब ५६ करोड रहेको थियो । मासिक रुपमा हेर्दा चालू आर्थिक वर्षको फागुन महिनामा कुल वस्तु निर्यात माघ महिनाको तुलनामा ५.० प्रतिशतले वृद्धि भएकोे छ ।
३५. कुल वस्तु निर्यातमध्ये भारततर्पmको निर्यात अघिल्लो वर्षको आठ महिनाको १४.५ प्रतिशत वृद्धिकोे तुलनामा समीक्षा अवधिमा २.० प्रतिशतले मात्र बृद्धि भएको छ । त्यस्तै, अन्य मुलुकतर्पmको निर्यात अघिल्लो वर्षको सोही अवधिसम्ममा १३.५ प्रतिशतले बढेको तुलनामा समीक्षा अवधिमा ११.२ प्रतिशतले वृद्धि भएकोे छ । अमेरिकी डलरमा अन्य मुलुकतर्फको वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिसम्ममा ५.६ प्रतिशत वृद्धिको विपरीत समीक्षा अवधिमा ०.४ प्रतिशतले ह्रास भई अमेरिकी डलर २० करोड ३६ लाख पुगेको छ । भारततर्पm मुख्यतयाः जी. आई. पाइप, जुटको वोरा, तार, अदुवा र लत्ताकपडाको निर्यात बढेकोे छ भने अन्य मुलुकतर्पm विशेषगरी दाल, छाला र तयारी छालाका वस्तुको निर्यातमा वृद्धि भएको छ ।
३६. समीक्षा अवधिमा कुल वस्तु आयात २२.१ प्रतिशतले बढेर रु. ३६० अर्ब ५६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १६.६ प्रतिशतले वृद्धि भई रु. २९५ अर्ब २४ करोड रहेको थियो । भारत तथा अन्य मुलुक दुवै तर्फको आयातको वृद्धिदर उच्च रहेको कारण कुल वस्तु आयातको वृद्धिदर अघिल्लो वर्षकोे सोही अवधिसम्मको तुलनामा समीक्षा अवधिमा उच्च रहन गएको हो । मासिक रुपमा हेर्दा फागुन महिनामा कुल वस्तु आयात माघ महिनाको तुलनामा १.१ प्रतिशतले घटेको छ ।
३७. कुल आयातमध्ये भारतबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिसम्ममा १२.० प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा २४.२ प्रतिशतको उच्च दरले बढेको छ । त्यसैगरी, अन्य मुलुकबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिसम्ममा २६.३ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा १८.२ प्रतिशतले बढेको छ । अमेरिकी डलरमा अन्य मुलुकतर्फको वस्तु आयात अघिल्लो वर्षको सोही अवधिसम्ममा १६.८ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा ६.५ प्रतिशले वृद्धि भई अमेरिकी डलर १ अर्व ४१ करोड पुगेको छ । भारतबाट मुख्यतया; पेट्रोलियम पदार्थ, सवारी साधन तथा पाटपूर्जा, सिमेन्ट, चामल, औषधि र अन्य उपकरण र पाटपूर्जा लगायतको आयात बढेको कारण त्यस तर्फको आयात उच्च दरले बढेको हो । अन्य मुलुकबाट विशेषगरी तयारी पोसाक, पाइप तथा पाइप फिटिङ, चाँदी, दुरसञ्चारका उपकरण र एम. एस. वाएर रड लगायतकोे आयात बढेको कारण त्यस तर्फको आयात बढेको हो ।
३८. समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा २५.५ प्रतिशतले वृद्धि भई रु. ३०९ अर्ब ५५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १७.१ प्रतिशतले मात्र बढेकोे थियो । कुल वस्तु व्यापार घाटामध्ये भारतसँंगको घाटा समीक्षा अवधिमा २८.८ प्रतिशतले वृद्धि भएकोे छ । अघिल्लो वर्षको सोही अवधिमा भारतसंगको यस्तो घाटा ११.५ प्रतिशतले मात्र बढेकोे थियो । त्यस्तै, अघिल्लो वर्षको सोही अवधिसम्ममा २८.९ प्रतिशतले बढेको अन्य मुलुकसँगको व्यापार घाटा समीक्षा अवधिमा १९.५ प्रतिशतले बढेको छ ।
३९. आयातको वृद्धिदर उच्च रहेको कारण निर्यात–आयात अनुपात समीक्षा वर्षको पहिलो आठ महिनामा १४.१ प्रतिशतमा झरेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १६.४ प्रतिशत रहेको थियो ।
शोधनान्तर स्थिति
४०. आर्थिक वर्ष २०६९/७० को आठ महिनासम्ममा समग्र शोधनान्तर स्थिति रु. ११ अर्व ७८ करोडले वचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वचत रु. ८१ अर्व ९ करोड रहेको थियो । समीक्षा अवधिमा चालू खाता रू. ९ अर्ब ५० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो खाता रु. ३७ अर्व ५१ करोडले बचतमा रहेको थियो । खासगरी वस्तु तथा सेवा आयातमा भएको उल्लेख्य वृद्धि र विपे्रषण आप्रवाहको वृद्धिदर घटेको कारण समीक्षा अवधिमा चालू खाता बचत न्यून रहन गएको हो । अमेरिकी डलरमा समीक्षा अवधिमा चालू खाता बचत १० करोड ७६ लाख डलर रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो खाता ४६ करोड ९८ लाख डलरले वचतमा रहेको थियो ।
४१. एफ.ओ.बी. मूल्यमा आधारित वस्तु व्यापार घाटा अघिल्लो वर्ष १६.९ प्रतिशतले बढेको तुलनामा समीक्षा अवधिमा २५.४ प्रतिशतको उच्च दरले बढी रू. २९७ अर्ब ८७ करोड पुगेको छ । समीक्षा अवधिमा खूद सेवा आय रु. २ अर्ब २ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु. ११ अर्व ७ करोडले वचतमा रहेकोे थियो । त्यस्तै, खूद ट्रान्सफर आय अघिल्लो वर्षको २९.७ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा १६.८ प्रतिशतले बढी रु. २९९ अर्ब ९४ करोड पुगेको छ । ट्रान्सफर अन्तर्गतको विप्रेषण आप्रवाह अघिल्लो वर्षको सोही अवधिसम्ममा ३४.७ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा २२.२ प्रतिशतले वृद्धि भई रु. २६६ अर्ब ९ करोड पुगेको छ । अमेरिकी डलरमा विप्रेषण आय अघिल्लो वर्षको सोही अवधिसम्ममा २४.२ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा १०.५ प्रतिशतले वृद्धि भई ३ अर्ब ५ करोड डलर पुगेको छ । मासिकरुपमा हेर्दा, विप्रेषण आप्रवाह चालू आर्थिक वर्षको माघ महिनाको तुलनामा फागुन महिनामा ४९.९ प्रतिशतले वृद्धि भएको छ ।
विदेशी विनिमय सञ्चिति
४२. २०६९ फागुन मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २०६९ असार मसान्तको रु. ४३९ अर्ब ४६ करोडको तुलनामा ३.२ प्रतिशतले बृद्धि भई रु. ४५३ अर्ब ६१ करोड पुगेकोे छ । २०६८ फागुन मसान्तमा यस्तो सञ्चिति २०६८ असार मसान्तको तुलनामा ३५.३ प्रतिशतले बढेर रू. ३६८ अर्ब १० करोड रहेको थियो । कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०६९ असार मसान्तको रु. ३७५ अर्ब ५२ करोडको विपरीत २०६९ फागुन मसान्तमा ०.८ प्रतिशतले ह्रास आई रु. ३७२ अर्ब ३३ करोड रहेको छ । अमेरिकी डलरमा भने बैकिङ्ग क्षेत्रको कुल सञ्चिति २०६९ असारदेखि २०६९ फागुन मसान्तसम्ममा ५.४ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ५ अर्ब २३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सञ्चिति २०.६ प्रतिशतले बढेको थियो । त्यसैगरी, समीक्षा अवधिमा अपरिवत्र्य भारतीय मुद्रा सञ्चिति १.४ प्रतिशतले बृद्धि भर्ई भा.रु. ६१ अर्ब २५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सञ्चिति ६४.६ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष २०६९÷७० को आठ महिनासम्मको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चितिको विद्यमान स्तर १०.२ महिनाको वस्तु आयात र ८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम तथा सुनको मूल्य स्थिति तथा विनिमय दर प्रवृत्ति
४३. अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम ९ऋचगमभ इष् िद्यचभलत० को मूल्य २०६८ फागुन मसान्तमा प्रति व्यारल अमेरिकी डलर १२३.६३ रहेकोमा २०६९ फागुन मसान्तमा ११.६ प्रतिशतले ह्रास भई प्रति व्यारल अमेरिकी डलर १०९.३२ पुगेको छ । त्यसैगरी, सुनको मूल्य २०६८ फागुन मसान्तको तुलनामा २०६९ फागुन मसान्तमा ३.२ प्रतिशतले ह्रास भई प्रति आउन्स अमेरिकी डलर १५९५.५० कायम रहेको छ ।
४४. २०६९ असार मसान्तको तुलनामा २०६९ फागुन मसान्तमा नेपाली रुपैयाँ अमेरिकी डलरसँग २.१ प्रतिशतले अधिमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ अमेरिकी डलरसँग १०.८ प्रतिशतले अवमूल्यन भएको थियो । २०६९ फागुन मसान्तमा अमेरिकी डलर एकको विनिमय दर रु. ८६.७७ पुगेको छ । २०६९ असार मसान्तमा उक्त विनिमय दर रु. ८८.६० रहेको थियो ।