चितवन, ३ बैशाख – चेतनाको वृद्धिसँगै चितवनमा कण्डम तथा यौन खेलौनाको माग बढेको छ ।
गएको वर्षभन्दा अहिले २५ प्रतिशतले यस्ता सामग्रीको माग बढेको चितवन कण्डम हाउसका सञ्चालक तुलसी रिमालको भनाई छ ।

पछिल्लो समयमा असुरक्षित यौन सम्पर्ककै कारण एचआइभी सङ्क्रमण र यौनरोगको दर बढेकाले सर्वसाधारण सचेत देखिँदै आएका छन् ।

यहाँबाट ४० प्रकारका कण्डम मात्रै बिक्री हुन्छ भने महिला र पुरुषले प्रयोग गर्ने यौन खेलौना तथा अन्य सामग्री पाइने रिमालले जानकारी दिए ।

पछिल्लो तथ्याङ्कलाई मूल्याङ्कन गर्दा यहाँबाट मासिक एक लाख कण्डमको बिक्री हुने गरेको सञ्चालक रिमाल बताउछन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।