बैशाख ३ – बाँकेमा प्रहरीले १९ हजारसहित दुई जनालाई क्यासिनोबाट पक्राउ गरेको छ ।

कारकादो—७ स्थित होटल किचन हटमा सञ्चालित मिनी क्यासिनोमा सोमबार साँझ प्रहरीले छापामारी दुई नेपाली जुवाडेलाई पक्राउ गरेको हो ।

सो क्यासिनोमा नेपालीलाई समेत प्रवेश दिने गरिएको सूचनाका आधारमा भएको कारबाहीमा नेपालगन्जका प्रदीप गुप्ता र सुवेल अन्सारीलाई जुवा खेलिरहेको अवस्थामा नगद रु १९ हजारसहित पक्राउ गरिएको हो ।

पक्राउ आरोपी तथा क्यासिनो सञ्चालकमाथि कानुनबमोजिम कारबाही प्रक्रियाअघि बढाइएको प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।