बैशाख – सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निकाल्नका लागि अब स्पीड ब्रेकर, गियर नियन्त्रण, उकालो ओरालो, साँघुरो बाटो सबैमा पास हुनैपर्ने भएको छ ।

लाइसेन्सका लागि प्रयोगात्मक परीक्षाको नयाँ व्यवस्था आउँदो हप्तादेखि लागु भएसँगै उक्त व्यवस्था लागू हुने भएको हो ।

यसअघि बैशाख १ गतेदेखि नयाँ व्यवस्था अनुसार परीक्षा लिने भनिएकोमा पूर्वाधार तयार नभइसकेकाले १० गतेदेखि मात्रै लागू हुने भएको छ ।

नयाँ व्यवस्था अनुसार अंग्रेजीको आठ आकारमा चलाउनुपर्ने, स्पीड ब्रेकर, गियर नियन्त्रण, उकालो ओरालो, साँघुरो बाटो, सडक बत्ती, जेब्रा क्रसिङ, ग्यारेज पार्किङ्ग लगायत सबै परीक्षण गरिनेछ ।

ट्रायल नै नलिई लाइसेन्स लिएको र पछिल्लो दुई वर्षभित्र लाइसेन्स लिएकाहरुबाट दुर्घटना धेरै भएको पाइएको भन्दै यातायात व्यवस्था विभागले नयाँ परीक्षा प्रणाली लागू गरेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।