इरान, पाकिस्तान कतार क्षेत्रमा विशाल भुकम्प, ४० को मृत्यु, सयौँ घाइते (भिडियोसहित)

बैशाख ३ – पश्चिम इरानलाई केन्द्रविन्दु बनाएर पश्चिम एशियासम्म धक्का महसुस हुने गरी मंगलबार अपराह्न ७।८ रेक्टरस्केलको भूकम्प गएको छ ।

इरान र पाकिस्तानको सीमा नजिकै भूकम्पले केन्द्र बिन्दु बनाएर गएको मेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

भूकम्पको झट्का उत्तरी भारत, पाकिस्तान, अफगानिस्तान लगायत पश्चिम एशियासम्म महसुस गरिएको सम्बन्धित देशका सञ्चारमाध्यमहरुले खबर सार्वजनिक गरेका छन् ।

भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण आईनसके पनि कम्तिमा पनि ४० जनाको मृत्यु भएको अन्तर्राष्टिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । भूकम्पबाट त्यहाँ थुप्रै घाइते भएको बताइएको छ ।

भूकम्प प्रभावित क्षेत्र सञ्चारबाट बिच्छेद भएको छ भने उद्दार तथा राहत टोली खटिएको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।