उत्तर कोरिया र अमेरिका तथा दक्षिण कोरियाबीच तनाब बढीरहेको बेला आज एक अमेरिकी सैन्य हेलिकप्टर उत्तर कोरियाको सिमा क्षेत्रमा दुर्घटनामा परि खसेको छ ।
हेलिकप्टरमा ३ जना चालकदलका सदस्य र १३ जना अन्य सैनिक रहेको र कुनै मानविय क्षति भने नभएको बताइएको छ ।
उक्त हेलिकप्टर दुर्घटनाको कारण भने खुलेको छैन । दक्षिण कोरियासँग संयुक्त रूपमा तालिम गर्दै आएको अमेरिकाको उक्त हेलिकप्टर दुर्घटनामा परेको हो ।
तनाबका बेला सिमा क्षेत्रमा हेलिकप्टर आएकाले उत्तरले नै खसालेको त होइन भनेर शंका गरिए पनि त्यसको पुष्टि भएको छैन ।
Comments






