तपाई हामी नै मरेपछि हाम्रो फेसबुक/इमेल के त ?

पछिल्लो पटक इमेल इन्टरनेटका कारण संसार नै ग्लोबल भिजेलका रुपमा चिनिन थालेको अवस्थामा अहिले सायद पढे लेखेका सबैसँग नै फेसबुक एकाउन्ट तथा इमेलहरु भईसकेका छन् ।

अझ यसले शहरमा त झनै छुटाएको छैन । यस्तै अवस्थामा गुगलले भने प्रयोगकर्ता व्यक्तिको मृत्यु पछि उसले प्रयोग गर्दै आएका ईमेल र फेसबुकको स्ट्याटस तथा सामाग्रीहरुलाई के गर्ने भनेर अध्ययन थालेको छ ।

बिबिसीमा उल्लेख भए अनुसार विश्व प्रसिद्ध सफ्वेर कम्पनी गूगलले प्रयोगकर्ताको नै मृत्यु पछि उसका डाटाहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अध्ययन थालेको हो ।

बिबिसीले डाटालाई नजिकका सम्बन्धित व्यक्ति दिने वा गोप्य राखेर डिलीट गर्ने विषयमा समेत गुगलले अध्ययन सुरु गरेको छ ।

सफ्टवेयर कंपनी गूगलले अब आफ्ना प्रयोगकर्तालाई योजनाका बारेमा जानकारी गराएर मृत्यु पछि के गर्ने भनि जानकारी माग्ने बताइएपनि गूगलले अझै ठोस निर्णय भने लिई नसकेको बताइएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।