बैशाख २ – नेपाली बजारमा सुनको भाउ सस्तिएर २ वर्ष पहिले पाइने भाउमा पाइन थालेको छ ।
केही समयसम्म आकाश छुने गरी महंगीएको सुन सोमवार नेपाली बजारमा भने प्रतितोला ५२ हजार पाँच सय रुपैयाँमा झरेको छ ।
यसअघि नेपाली बजारमा २०६८ सालको चैत मसान्तसम्म ५५ हजार ८ सयमा कारोबार भैरहेको सुनको भाऊ २०६९ सालको नयाँ वर्षपछि बजार खुल्दा तोलामा एकै पटक २ हजार ५ सय रुपैयाँले घटेर उक्त रकम कायम भएको हो ।
अन्तराष्ट्रिय बजारमा सुनमा लगानी गरेर होल्डिङ गर्नेहरुले धमाधम बेच्न थालेपछि सुनको भाउ एक्कासी घटेको हो ।



