
गर्भधारणभन्दा अघि र गर्भावस्थाको समयमा प्रोटिनको स्तर तलमाथि रहने गर्नाले आमा र शिशुको स्वास्थ्यमा धेरै जोखिमको सम्भावना रहन्छ । तर नियमित रूपमा व्यायाम गरे त्यस्तो खतराबाट दूरी बढ्छ । दुवैको स्वास्थ्य राम्रो हुन्छ । फिट रहनका लागि शरीरमा प्रोटिनको स्तर नियन्त्रित भइरहनु जरुरी हुन्छ र यो काम व्यायामले गर्छ । व्यायाम गरेपछि रक्तचाप नियन्त्रित हुन्छ ।
ओरेगान विश्वविद्यालयद्वारा गरिएको अनुसन्धानअनुसार वर्षेनी १० प्रतिशत गर्भ उच्च रक्तचापले गर्दा प्रभावित हुने गरेका छन् । नियमित व्यायामले यो समस्याबाट जोगिन सकिन्छ अनुसन्धानको निष्कर्ष छ ।
Comments