बैशाख २ – सार्वजनिक बस भित्र्र बलात्कारको घटनाले भारतमा निक्कै प्रश्रय पाईरहेका बेला पुनः सार्वजनिक बसभित्रै एक बालिकालाई बलात्कारको प्रयास गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

बसमा एउटी बालिकालाई गत शनिवार बलात्कार गरेको आरोपमा प्रहरीले बस चालक ४२ वर्षिय राकेश कौशललाई प्रहरीले पक्राउ गरेको हो ।

रोकेर राखेको बसमा ती बालिका खेल्ने क्रमममा बस भित्र चढेको अवस्थामा चालकले बस भित्रै ती बालिकामाथि बलात्कारको प्रयास गरेपछि पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बालिकाले घटनाको बारेमा परिवारका सदस्यलाई बताएपछि उनीहरुकै उजुरीको आधारमा बस चालक पक्राउ परेका हुन् ।

गतवर्ष दिल्लीमा बसमा नै एउटी युवतीमाथि सामुहिक बलात्कार भएको थियो । बलात्कृत युवतीको उपचारका क्रममा निधन भएको थियो भने बलात्कारको आरोपमा पक्राउ परेका एक जनाले जेलमा नै आत्महत्या गरेका थिए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।