बैशाख ०१ – आज विक्रम सम्बत् २०७० साल बैशाख १ गते नेपालको नयाँ वर्षको पहिलो दिन विश्वभर छरिएर रहेका नेपालीहरु आपसममा शुभकामना तथा खुसी साटासाट गरि मनाईरहेका छन् । नयाँ वर्षको पहिलो दिनलाई सरकारले समेत आज सार्वजनिक बिदा दिएको छ ।

नयाँ वर्षको अवसरमा आज नेपालीहरु मठमन्दिर तथा पर्यटकीय गन्तव्यमा गई रमाइलो गर्ने गर्दछन् ।

वर्षको सुरुवाती दिन राम्रो भए बर्षभरी नै राम्रो हुने विश्वासका साथ नेपालीहरु आज स परिवार मिलेर मिठा मिठा परिकार खाने, रमाइलो गर्ने तथा घुम्न जाने गर्दछन् ।

नयाँ वर्षको पहिलो बिहानीसँगै देशमा शान्ति जाओस्, देश विकासको बाटोमा अघि बढोस् भनि हेलोखबर डटकम परिवार कामना गर्दछ । साथै नयाँ वर्षको अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु,  पाठक, शुभेच्छुक, शुभचिन्तक, विज्ञापनदाता, सहयोगी सबैमा स्वास्थ्य, शान्ति तथा दिर्घायूको कामना गर्दछौँ । शुभ रहोस् नयाँ वर्ष २०७०!

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।