बैशाख १ – नव वर्षको उपलक्ष्यमा बागमती नदीमा नुहाउने क्रममा आइतबार डुबेर तीन जनाको ज्यान गएको छ ।
यसरी मृत्यु हुनेहरुमा वसतपुर गाविसका मुरारी झाको १४ वर्षीय छोरा कृष्ण , सुशील झाको १५ वर्षीय छोरा दीपक र सुवोध झाको १४ वर्षीय छोरा रितेश रहेका छन् ।
नयाँ वर्षमा नुहाउने क्रममा उनीहरु बाग्मतीमा डुबेका थिए । त्यसपछि उनीहरुको उपचार गर्ने क्रममा अस्पतालमा निधन भएको हो ।
Comments



