नयाँ वर्षमा ज जसले जे जसरी जहाँ जहाँ भए पनि धुमधामका साथ मनाईरहेको अवस्थामा महानायक राजेश हमाल भने नयाँ वर्ष मनाउनकै लागि लण्डनमा छन् ।

तर उनी यो पटक मात्रै नयाँ वर्ष मनाउन विदेश हाँकिएका भने होइनन् । नेपाली नयाँ वर्ष होस् या अंग्रेजी उनी विदेशतिर सुइकुच्चा ठोकी जाने गर्दछन् ।

त्यस्तै यसपालिको नयाँ वर्ष २०७० को लागि पनि उनी लण्डन पुगिसकेका हुन् । उनले आज त्यहाँ अस्फोर्ड शहरमा हुने न्यू इयर इभ सेलिब्रेसन इभेन्टमा भाग लिने बताइएको छ ।

उनी त्यहाँ ३ वटा कार्यक्रममा सहभागी बुझिएको छ । हमालको यस पटकको लण्डन बसाई केही लामो समेत हुने बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।