चैत २७ – नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउनुपर्ने कारणका बारेमा पार्टी नेतृत्वले महासमिति बैठकमा स्पष्ट पार्नुपर्ने बताएकी छन् ।

महासमिति बैठकमा सहभागी हुन त्रिवेणी जाने क्रममा भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेत्री कोइरालाले पार्टीको विधान र नितिविपरीत गएर काँग्रेस नेतृत्वले प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउन सहमत भएको आरोप लगाइन ।

राजनीतिक समाधानका लागि छिटोभन्दा छिटो दलकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्नुपर्ने उनको सुझाव छ ।

महासमिति बैठकले सङ्घीयताका सम्बन्धमा स्पष्ट धारणा ल्याउनुपर्ने उनले माग गरिन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।