साँच्चै होला त कोरिया-अमेरिका आणविक युद्ध ??

विश्लेषण – उत्तर कोरिया र दक्षिण कोरियाबीचको विवाद बढेर युद्ध बिराम भंगसँगै उत्तर कोरियाले अवस्था अणविक युद्धमा प्रवेश गरेको जनाऊ नै दिएपछि यतिबेला विश्वकै ध्यान दुई कोरियामा खिचेको छ ।
केही समय अगाडी आफ्ना देशमा भएका कुटनीतिक निकाय र दुतावासलाई सुरक्षा दिन नसक्ने भन्दै फिर्ता जान आग्रह गरेको उत्तर कोरियाले मंगलबार मात्रै दक्षिण कोरियामा भएका विदेशीहरुलाई सुरक्षित स्थान खोज्न या त देश छाड्न आग्रह गरेपछि त्यहाँ रहेका नेपाली तथा अन्य देशका नागरिकमा त्रास पैदा भएको छ भने अन्यौल उत्तिनै छ ।
खास कुरो के हो ?
दोस्रो विश्वयुद्धपछि अमेरिकाले कोरियामाथि भिषण आक्रमण गरेको थियो । त्यतिबेला त्यहाँका सेनाहरु भागेर कोही रुस त कोही चीन पुगेका थिए । तर रुस र चीनको पूर्ण सहयोगले अमेरिकालाई पछि धपाउँदै लग्यो । अन्तमा अहिले दक्षिण र उत्तर जहाँ सिमाना छ त्यहाँ नै पुगेर सम्झौता गरियो । जतिबेला २३ लाखले कोरियामा ज्यान गुमाएको बताइन्छ ।
जुन सम्झौतासँगै दुई कोरियामा सिमा भएको ठाउँमा अमेरिकाले २७ हजार आफ्ना सेना राख्यो भने दक्षिणलाई कठपुतली अतः आफूले जे भन्यो त्यही मान्ने सरकार निर्माण गर्यो । पछि त्यहीबाट अमेरिकाले उत्तरसँग विभिन्न प्रचारबाजी गरिरह्यो । अन्तमा उत्तरले जसलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने भन्दै सबै कुरा अब युद्धबाट हुन्छ भन्दै नचाहेर पनि आफूहरु युद्धमा गएको घोषणा गर्यो । तर अहिलेसम्म धम्कीको युद्धमात्रै छ । त्यस्तो भई नै भएको भने केही छैन ।
होला त आणविक युद्ध
हुन त प्रचारमा उत्तर कोरियाले अमेरिकालाई हान्न सम्मको स्वीकृति आफ्नो सेनालाई दिएको छ । अमेरिकाले पनि आफ्ना बमवर्षा विमान दक्षिणमा ल्याईसकेको छ । जापानले पनि उत्तरको मिसाइल खसाउने चेतावी दिईसकेको छ । यस्तो अवस्था हेर्दा साँच्चै नै त्यहाँ युद्ध भई जाने अवस्था देख्न सकिन्छ ।
तर, साँचो कुरा के भने यी सबैलाई युद्धले केही पनि हुन्न भन्ने मज्जाले थाहा छ । अझ अहिले युद्ध भयो भने चानचुने युद्ध हुनेवाला छैन । भएको खण्डमा विश्व दुई भागमा विभाजित हुने प्रवल सम्भावना छ । जसमा रुस र चीनले अहिले उत्तरको समर्थन नगरेपछि त्यसबेला गर्ने पक्कापक्की जस्तै हो ।
यसरी उत्तर र दक्षिण तथा अमेरिकाबीच युद्ध नै छेडियो भने पूरै आणविक युद्ध हुने निश्चित छ । जसमा उत्तर अमेरिकाको तुलनामा कमजोर नै भएपनि आणविक युद्ध हुँदा दुई देशलाई होइन विश्वलाई नै खतरा छ । त्यसमा अमेरिकाले पहिले हान्यो भने पनि उसले त मार्छ मार्छ उ आफू समेत स्वयं मर्ने सम्भावना हुन्छ भने उत्तरले अमेरिकामाथि आणविक हान्यो भने अमेरिका पनि र स्वयं उत्तर पनि र अन्य विश्वका आधा या निश्चित कुनै रहला भन्ने सम्भावना छैन ।
त्यसो हुँदा युद्धको अर्थ सबैले बुझीसकेकाले पनि युद्ध नै होला भनेर भन्न नसकिएपनि युद्धमा प्रवेश हुनु भनेको चानचुने कुरा होइन भने भयो भने सायद पृथ्वीकै दुःखद घटना समेत हुन पुग्ने छ । यस्तो अवस्थामा दक्षिणमा रहेका नेपालीहरु अहिले नै त्रासित हुनुपर्ने या त घर फर्कनु नै पर्ने अवस्था नै आईहालेको भन्न चाँही मिल्दैन । किनकी यतिबेला युद्ध प्रचार मात्रै हो । एकले अर्काको शक्ति बुझीरहेका मात्रै छन् । उनीहरु को भन्दा को कम भन्नेमा छन् र डर तपाई हामीलाई भन्दा स्वयं उनीहरुलाई सयौँ गुणा बढी छ । किनकी युद्ध भएमा जतिबेला को रहन्छ र को रहन्न कुनै केही पनि ठेगान न त अमेरिकालाई छ । न त उत्तर कोरियालाई नै । त्यही भएर अहिले तत्काल पर्ख हेर र गरको सिद्धान्त अपनाउनु नै उत्तम मानिन्छ ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।
  • 1 COMMENT

    1. What a bull-shit writing is included here in the historical war details around the world war second. Who is such a dumb-headed bullshit writer who writes baseless information clearly showing the loyalty towards North Korean imperialism What do you want to prove, and why do you highlight that America has fought here terribly and became back-footed or defeated to accept North Korean dominance ? The reality is American dominance in World War II in this region prompted to compel Japanese military from this region and end the world war second in 1945. But after seven to eight years of World War II North Korean communist attacked the southern Korean peninsular region in 1953-54 to demolish almost all the structures by heavy bombarding and take short control vehemently which was curtailed short by driving those communist away to present day DMZ line. It is now more than clear that North Korea though starving to death with no foods, wants to feed its military men and boost military power for its oligarchy rules. Their mentality is not democratic and they never have held any election though they boast their country name as Democratic People's Republic of Korea (DPRK). Their rulers are still like our Rana period rulers. Were Rana rulers democratic and were ruling for the betterment of life of general Nepalese peoples. The same is the situation there in North Korea.

    Comments are closed.