पैसा नभएको २० लाखको चेक दिएपछि चर्चित डन दीपक मनाङे पक्राउ

चैत २७ – पैसा नभएको २० लाखको चेक कारोबारका क्रममा दिएपछि डनले चिनिने दीपक मनाङे पक्राउ परेका छन् ।

मनाङेलाई मंगलबार साँझ प्रहरीले २० लाख बढीको चेक बाउन्स भएको उजूरीका आधारमा पक्राउ गरेको हो ।

कारोबारका क्रममा दिएको २० लाख भन्दा बढीको चेक साट्न जाँदा रकम नभएको चेक उनले दिएको र पीडितले प्रहरीमा उजुरी गरेपछि उनी पक्राउ परेका हुन् ।

महानगरी प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई आज साँझ ६ बजे पक्राउ गरेको हो ।

यसअघि पछिल्लो पटक पनि प्रहरीमाथि हातपात गरेपछि पक्राउ परेका उनी २५ हजार धरौटी बुझाएर रिहा भएका थिए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।