चैत २७ – ट्याक्टरले किचेर गएराति महोत्तरीको मनरा बजारमा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटहर्वाकट्टी गाविस–५ बस्ने पुनित मण्डलको छोरा ११ वर्षीय राहुल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बालक राहुल साइकलमा चढी आफ्नो घर इटहर्वाकट्टी–५ भोलहीबाट मनरा गाविसस्थित बजारमा औषधि किनी फर्कने क्रममा विपरीत दिशाबाट आइरहेको ज१त २७१७ नम्बरको ट्र्याक्टरले किचेर निजको घटनास्थलमै मृत्यु भएको प्रहरी सहायक निरीक्षक रामबाबु सिंहले बताएका ।

परिवारजन र स्थानीय बासिन्दाले बालकको शव बाटोमै राखी जलेश्वर–सम्सी सडकखण्ड अवरुद्ध पारेका छन् ।

यता प्रहरीचौकी मनराले ट्र्याक्टर र चालक राति नै नियन्त्रणमा लिइसकेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।