चैत्र २७ – नेपाली काङ्ग्रेस महासमिति बैठक अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ ।
पछिल्लो राजनीतिक घटनाक्रमसँगै राजनीतिक कार्यदिशा र पार्टीको विधानका विषयमा छलफल गर्न नवलपरासीको त्रिवेणीधाममा जारी महासमिति बैठकमा तीनवटा छुट्टा–छुट्टै प्रतिवेदन पेश हुने बताइएको छ ।
बन्दसत्रमा उपसभापति रामचन्द्र पौडेलको राजनीतिक प्रतिवेदन र महामन्त्री कृष्णप्रसाद सिटौलाको विधान संसोधन मस्यौदा छलफलको प्राथमिकतामा रहने नेताहरुले बताएका छन् ।
पर्सीसम्म चल्ने बैठकले उपसभापति रामचन्द्र पौडेलले पेश गर्ने राजनीतिक प्रतिवेदनले संविधानसभा विघटनदेखि अबको संविधानसभा चुनावका विषयमा छलफल गर्दै एउटा बाटो तय गर्नेछ । त्यस्तै महामन्त्री कृष्णप्रसाद सिटौलाले पेश गर्ने विधान संसोधन प्रस्तावमा नेताहरुको कार्यविभाजन र पदाधिकारीको अधिकार लगायतका विषयमा छलफल हुनेछ ।
महासमिति बैठकमा देशभरका एक निर्वाचन क्षेत्रबाट पाँच जनाका दरले १३ सय महासमिति प्रतिनिधि र केन्द्रीय समितिका पदाधिकारी सहभागी रहेको कांग्रेसले बताएको छ ।