चैत २७ – नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एमाले चाँडो निर्वाचन गर्नुपर्ने पक्षमा रहेको बताउँदै बिना तयारी निर्वाचन हुन नसक्ने बताएका छन् ।

एमाले इलाम–काठमाडौँ सम्पर्क मञ्चद्वारा आयोजित सहिद रत्नकुमार वान्तवाको ३४ औं स्मृति दिवसमा बोल्दै खनालले यस्तो बताएका हुन् ।

सो अवसरमा उनले आगामी कात्तिकको अन्त्यतिर संविधानसभाको निर्वाचन गराउनु सबैका लागि उपयुक्त हुने तर्क समेत गरे ।

गत फागुन ३० गतेको सहमतिमा सकेसम्म असारभित्र र नभएमा मङ्सिरभित्र संविधानसभाको निर्वाचन गराउने स्पष्ट उल्लेख भएकाले सोही मितिमा निर्वाचन हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको उनको भनाई छ ।

सोही कार्यक्रममा पूर्व सभामुख सुवास नेम्बाङले अबको निर्वाचनबाट एमाले बलियो पार्टी बन्ने र एमालेले नै मुलुकको निकास दिने धारणा व्यक्त गरे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।