एक जना भारतीय मोडलले आफूलाई बिहे गर्ने आश्वासन दिएर पाकिस्तानका चर्चित अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर असद रउफले शारिरीक शोषण गरेको आरोप लगाएकी छन् ।

भारतीय मोडल लीना कपुरले रउफले आफूलाई बिहे गर्छु भन्दै १५ पटक सेक्स गरेको भन्दै विरुद्ध शारीरिक उत्पीडन मामिलामा मुम्बई प्रहरीमा उजुरी दर्ता समेत गरेकी छिन् ।

क्रिकेट खेलकै सिलसिलामा यिनीहरुबीच श्रीलंकामा चिनजान भएको र त्यसपछि गएको आईपीएल क्रिकेटको समयमा दुईबीचको सम्बन्ध अझ प्रगाढ भएको भन्दै उनले असदविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएकी हुन् ।

लीनाले अम्पाएर असदका साथ शारीरिक सम्बन्ध भएको भन्दै असदले विहे गर्छु भनेर आफूसँग पटक–पटक शारीरिक सम्बन्ध कायम गरेको आरोप लगाएकी हुन् ।

अर्कोतर्फ पाकिस्तानी अम्पायर असद रउफले भने लीनाको आरोपलाई ठाडै अस्वीकार गरेका छन् । उनले यो सबै आरोप झुठो बताएका छन् । अम्पायर असदको पाकिस्तानमा एक श्रीमती र २ बच्चा भएको जनाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।