रौतहट १ असोज
नेकपा माओवादी केन्द्रले भोलि हुने निर्वाचन भन्दा एक दिन अगाडी निर्वाचन क्षेत्रकै ७ नेतााई कारबाही गरेको छ ।
माओवादी केन्द्र रौतहटले पार्टीको नियम कानून विधि र पद्धति विपरित गम्भीर क्रियाकलाप गरेकाले ७ जना जिल्ला सदस्यलाई पार्टीबाट निष्काशित गरेको जनाएको छ ।
माओवादी केन्द्र रौतहटले गरिब, निमुखा सर्वसाधारण जनताको पक्षमा पार्टीले लिएको लाईन विपरित यथास्थितिवादी, प्रतिक्रियावादी, विखण्डनकारीको निहित स्वार्थको गोटी बनेको भन्दै उनीहरूलाई पार्टीबाट निस्कासन गरिएको जनाउँदै उनीहरूको पछि नलाग्न आफ्ना नेता, कार्यकता, शुभेच्छुक, शुभचिन्तक तथा सर्वसाधारण जनतामा अपिल समेत गरेको छ ।
पार्टीबाट निस्कासित हुनेहरू:
१. धिरज पटेल (जिल्ला सदस्य)
२. लिला साह (जिल्ला सदस्य)
३. कन्तमुनी जयसवाल (जिल्ला सदस्य)
४. राजकुमार यादव (जिल्ला सदस्य)
५. नागेन्द्र यादव “विजय” ( जिल्ला सदस्य)
६. गुदर राय यादव (जिल्ला सदस्य)
७. महेश कुशवाहा (जिल्ला सदस्य)
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।