चैत्र २५ – श्रीमतीलाई कुटेपछि नेपाल बार एशोसिएसनका निवर्तमान उपाध्यक्ष रणबहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई घरेलु हिंसा अन्तर्गत पत्नीलाई कुटपिट गरी हिंसा गरेको आरोपमा शनिवार प्रहरीले पक्राउ गरी हिरासतमा राखेको हो ।

बझाङ जिल्ला घर भई हाल दिपायल सिलगढी नपा ४ बस्दै आएका कानून व्यवसायी रणबहादुर सिंहले पत्नी पद्मा थापालाई कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

विवाह गरेको १३ वर्ष वितिसक्दा पनि विवाहपश्चात करिव एक महिनामात्र आफु शान्तसँग बस्न पाएको पीडित पद्मा थापाको भनाई रहेको छ ।

कानून व्यवसायी रणबहादुर सिंहले ०६९ चैत २४ गते राती आफ्नी पत्नी पद्मा थापालाई कुटपिट गर्दै गरेको समयमा प्राध्यापक राजेन्द्र भट्टले वचाउ गर्न खोज्दा भट्टलाई समेत गालीगलौच गरी कुटपिट गरेपछि प्रहरीलाई जानकारी दिदा उनि प्रहरी गिरफ्तारमा पररेका हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।