चैत्र २५ – अबदेखि चुरोट तान्ने, रक्सी खाने तथा टुप्पी, जनै तथा निधारमा अनिवार्य टीका चन्दन नलगाउनेले पुरोहित बन्न नपाउने भएका छन् ।
काठमाडौंमा भएको प्रथम राष्ट्रिय पण्डित सम्मलेनले पण्डित तथा पुरोहितहरुको लागि आचारसंहिता तयार पार्दै यस्तो नियम बनाएको हो ।

देशभरबाट झण्डै ५ सयजना पण्डित, पुरोहित तथा ज्योतिषी सहभागी सम्मेलनले ७ वटा कार्यपत्र पनि पारित गरेको छ ।
जसमा पण्डितहरुको टुप्पी, जनै तथा निधारमा अनिवार्य टीका चन्दन हुनुपर्ने व्यवस्था गरेको छ । सात्विक आहार मात्रै लिनुपर्ने, धुमपान तथा मद्यपान गर्नेलाई पण्डितको मान्यता नदिइने पनि आचारसंहितामा उल्लेख गरिएको छ ।
त्यसैगरी, पण्डित पुरोहितले घरमा बैदिक ग्रन्थहरु, धर्मसिन्धु निर्णय सिन्धु र स्मृति ग्रन्थहरु हुनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै धार्मिक कर्म गर्दा, धार्मिक भेषभूषामा नै हुनुपर्ने र पोशाकको मर्यादा पालना गर्नुपर्ने नियम पनि बनाइएको छ । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।