चैत २५ – नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्दले अन्यायपूर्वक बन्दुक उठाएर आफूहरुमाथि दमन गरे न्यायपूर्ण बन्दुक उठाउने चेतावनी दिएका छन् ।

नेकपा-माओवादी गोरखाले सदरमुकाममा आइतबार गरेको कार्यक्रममा बोल्दै उनले माओवादी हारेर शान्ति प्रक्रियामा आएको ठान्नेहरुलाई लडेर देखाएर छाड्ने उदघोष समेत गरे ।

कार्यक्रममा उनले अन्यायपूर्वक बन्दुक उठाएर आफूहरुमाथि दमन भएमा आफूलाई न्यायपूर्ण बन्दुक उठाउने अधिकार रहने उल्लेख गरे ।

१२ बुँदे समझदारीको जगमा संसदवादी पार्टीहरु र नेकपा-माओवादी बिचमा सहमति भए मुलुकले निकासा पाउने उनको भनाई छ ।

दलहरुबीच राष्ट्रिय सहमति भए १० वर्ष मिलेर सत्ता चलाउन सकिने भन्दै उनले संविधानसभा नभए पनि संविधान निर्माण गर्न सकिने तर्क समेत गरे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।