चैत २४ – मलेसियामा नेपालीमाथि भएको आक्रमणपछि त्यहाँबाट प्रहरीले नियन्त्रणमा लिएको ९ नेपालीलाई छाडिदिएको छ ।
मलेसियाको जोहोरबारुको घटनापछि मलेसियन प्रहरीले आफ्नो नियन्त्रणमा लिएका नौ जना नेपाली कामदारलाई रिहा गरेको हो ।
शुक्रबार राति अबेर उनीहरूलाई रिहा गरिएको नेपाली दूतावासले जानकारी दिएको छ । केही दिन अगाडि घटेको सो घटनामा नेपाली कामदारहरूको कुनै पनि संलग्नता नदेखिएको भन्दै रिहा गरिएको हो । 
यसरी रिहा हुनेहरूमा राजेश राय यादव, रमेशबहादुर भुजेल, सन्तोष पौडेल, अमन गुप्ता, दलबहादुर बयम्वु, नीलकण्ठ जैसी, पवन शाह, रगुन राई र मनोज सुनार रहेका छन् । 
जोहारबारु घटनामा परी घाइते भए पनि उनीहरूलाई उपचारपछि प्रहरीले आफ्नो नियन्त्रणमा लिएको थियो ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।