चैत २४ – बारा जिल्ला इनर्वामाल गाविस १ र २ बतरा गाउँमा शनिबार दिउँसो भीषण आगलागी हुँदा करिव ३२ वटा घर जलेर नष्ट हुनुका साथै लाखाँै बराबरको क्षति भएको छ ।

गोठ घरमा धुवाको लागि बालिएको आगोले सो वडा बस्ने प्रमोद हजाराको घरबाट दिउँसो १२ बजेदेखि सुरुभएको सो आगलागी नियन्त्रणका लागि कलैया र वीरगन्जबाट दुई वटा बारुण यन्त्र, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जनताको सहयोगमा करिव साँझ पाँच बजे आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट भएको क्षतिको विवरण प्राप्त भईनसकेको प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।