चैत्र २३ – दुई कोरियाबीच तनाव बढीरहेको बेला दक्षिण कोरियास्थित नेपाल दुतावासले भने तत्काल युद्धको सम्भावना नरहेको भन्दै नेपाली समुदायलाई भयमुक्त रहेर काम गर्न आग्रह गरेको छ ।
उत्तर कोरियाले दक्षिण कोरियामाथि युद्धको घोषणा गरेर बारम्बार आक्रमणको चेतावनी दिईरहेको अवस्थामा सोलस्थित नेपाली दुतावासले एक प्रेस विज्ञप्ति जारी गर्दै बिशेष सूचनामार्फत् प्राप्त जानकारी अनुसार युद्धको स्थिति नरहेकाले भयमुक्त भएर काम गर्न भनेको छ ।
उक्त विज्ञप्तिमा दुवै कोरियाबीच चेतावनीयुक्त आरोप प्रत्यारोप चलिरहेकाले परिस्थितिको मूल्यांकन गरेर नेपाली समुदायलाई थप जानकारी दिइने पनि उल्लेख गरिएको छ ।
विज्ञप्तिको पूर्ण पाठ:

Comments






