२३ चैत । आफ्नै श्रीमतीलाई हत्या गरेको अभियोगमा पक्राउ परेका एक अभियुक्त पुर्पक्षका लागि थुनामा परेका छन् ।

पर्वतको कुर्घा गाविस–३ का गोविन्दबहादुर क्षेत्री पुर्पक्षका लागि थुनामा परेका हुन् । गत फागुन २५ गते अन्तर्राष्ट्रिय नारी दिवसकै दिन रातीको समयमा मदिरा सेवन गरी ५१ वर्षीया विष्णुकुमारी क्षेत्रीलाई हत्या गरेको अभियोगमा फागुन २६ गते पक्राउ परेका क्षेत्रीलाई थुनामा राख्ने आदेश भएको हो ।

पर्वत जिल्लाका जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले क्षेत्रीलाई बिहीबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

क्षेत्रीलाई मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १ नं बमोजिमको कसुर गरेकाले सोही ऐनको दफा ३ बमोजिम पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । क्षेत्री नेपाली कांँग्रेस पर्वतका जिल्ला सदस्य हुन् ।

घटनाबारे मृतकका छोरा सूर्यबहादुर क्षेत्रीले प्रहरीमा जाहेरी दिएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।