२३ चैत । पर्वत सदरमुकाम कुस्माबजारमा दुई समूहका युवाबीच बिहीबार साँझ भएको झडपमा दुई जना गम्भीर घाइते भएका छन् ।

सामान्य विवादमा भएको कुटपिटमा शिवालय–४ का १९ वर्षीय विवस बोहोरा र शिवालय– ६ का २० वर्षीय पवन गुरुङ घाइते भएका छन् ।

दुवैको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये बोहोराको पिठ्यूँमा धारिलो हतियारले तीन ठाउँमा चोट लागेको छ भने
गुरुङको टाउकोमा चोट लागेको पर्वत जिल्ला अस्पतालले जनाएको छ । घाइते युवामध्ये बोहोरा टि गाइज समूहका हुन् भने गुरुङ स्टार ग्रुपका युवा हुन् ।

यी दुई समूहबीच विगत देखिनै रिसइवी रहँदै आएको थियो । घटनामा संलग्न रहेर फरार युवाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।