चैत्र २१ – एक संस्थाको नाममा पार्टीको पर्चा र पम्प्लेट बनाउँदा पूर्व स्वास्थ्यमन्त्री समेत रहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले झण्डै कुटाई खाएका छन् ।

सुनसरीको बोक्राह बजारको अकाहमा नेपाल झाँगड सुधार संस्थाका कार्यकर्ताले चुनावी अभियानको कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका उनलाई कालो झण्डा देखाउँदै विरोध गरे ।

उक्त संस्थाका कार्यकर्ताले पर्चा र पम्प्लेटमा आफ्नो संस्थाले नाम समेत छापेर प्रचार(प्रसार गरेर आफ्नो विशुद्ध संस्थालाई पार्टीले नाम बेच्न लागेको भन्दै विरोध जनाएका हुन् ।

त्यसरी संस्थाको नाम र प्रचार महतोले प्रयोग गरेपछि उनका विरुद्ध नाराबाजी समेत भएको थियो । तर त्यहाँ बाक्लो प्रहरीको उपस्थितिले कुनै घटना भने घट्न पाएन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।