२१ चैत । नेपालबाट भारततर्फ अवैध ढङ्गले सुपारी लैजाँदै गर्दा एक भारतीय नागरिक पक्राउमा परेका छन् ।

सीमा सुरक्षाबल कार्यालय झापाबाट खटिएको गस्ती टोलीले महेशपुर–७ स्थित दशगजा क्षेत्रबाट ३६० किलो सुपारी र किराना सामानसहित भारतको किशनगन्ज जिल्लाको गलगलिया–५ बस्ने ४५ वर्षीय रामबाबु कामतीलाई पक्राउ गरिएको सीमा सुरक्षाबलको कार्यालय भद्रपुरले जनाएको छ ।

सुपारी लैजाँदै गरेका आठ दस जनाले गस्ती टोलीलाई देखेपछि एक जना मात्र पक्राउमा परेको र अन्य व्यक्ति भाग्न सफल भएको बताइएको छ ।

बरामद गरिएका सुपारीसहित कामतीलाई आवश्यक कारबाहीका लागि काँकडभिट्टास्थित मेची भन्सार कार्यालयमा पठाइएको छ

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।