अर्कैकी बुढीलाई भगाएर बेपत्ता भएका एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहाल एक्कासी राजधानीको किर्तिपुरमा क्रिकेट हेरिरहेको अवस्थामा फेला परेका छन् ।

आइतबार मलेसिया र नेपालबीचको खेल भईरहेको अवस्थामा प्रचण्ड पुत्र मुखमा माक्स र आँखामा कालो चश्मा लगाएर खेल हेरिरहेको अवस्थामा फेला परेका हुन् ।

विवाहित समेत रहेकी विद्यार्थी नेतृ बिना मगरलाई भगाए पछि उनी बिनासँगै भारतको दिल्लीमा रहेको चर्चा रहे पनि एक्कासी आइतबार किर्तिपुरमा फेला परेका हुन् । त्यसो त त्यस समयमा पनि उनी भत्तपुरमै कोठा लिएर बसेको चर्चा समेत चलेको थियो ।

नागरिक न्युजका लागि विकास कार्कीले खिचेको प्रकाश दाहालको फोटो ।

उनीहरुले समाजबाटै अपहेलित हुने काम गरेपछि आफैँ समाजबाट बहिस्कृत भएका थिए । त्यसपछि प्रचण्डपुत्रले फेसबुकमार्फत आमाबाबुसँग भेट्न नपाएको भन्दै गुनासो पनि पोख्ने गरेका थिए ।

प्रकाशबिना दुवै जना पार्टीमा आवद्ध रहेकाले त्यस्तो काम गरेपछि दुवै जनालाई पार्टीले कारबाही गरी निष्काशन समेत गरेको थियो ।

आइतबार एक्कासी किर्तिपुरमा उनी देखिए पनि सार्वजनिक रुपमा अझै उनी देखा परेका छैनन् । त्यसो त उनी अहिले कहाँ कोसँग बस्दै आएका छन् त्यो पनि खुल्न सकेको छैन ।

तर आइतबार भने उनले मुखमा मास्क, आँखामा कालो चश्मा र टोपी लगाएकाले कसैले पनि उनी त्यहाँ रहेको पत्तो नै पाएका थिएनन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।