चैत १८ – सप्तरीको अर्नाहा गाविस–८ का रामगुलाम सरदार मृत फेला परेका छन् ।

अर्नाहा–८ स्थित रुख तल बेहोस अवस्थामा फेला परेका सरदारको रुखबाट लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । रुखको एउटा हाँगा पनि त्यहाँ झरेको फेला परेका हुँदा रुखबाट लडेर मृत्यु भएको आशङ्का गरिएको छ ।

सरदारको कान र नाकबाट रगत बगेको प्रहरीले बताएको छ । परिक्षणका लागि शवलाई गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।