चैत १६ – तनहुँमा एकजना लागुऔषध प्रयोगकर्ताको आज बिहान प्रहरीको घेराबाट भाग्ने क्रममा भिरबाट लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरीभञ्ज्याङ–४ घर भई हाल ब्यास–१ मा नवोबुद्ध आर्टस पसल सञ्चालन गर्दै आएका २२ वर्षीय सुजन तामाङ रहेको प्रहरी उपरीक्षक देवबहादुर बोहराले बताए ।

बिहान ३ बजे भाग्ने क्रममा महर्षि वेदव्यास संस्कृत मावि नजिकैको भिरबाट मादी नदी किनारमा खसेर गम्भीर घाइते भएका तामाङको गण्डकी अस्पताल पोखरामा उपचारकै क्रममा मृत्यु भएको हो ।

बिहीबार राति पौने ११ बजे दमौली बजारमा शरीर खानतलासी गर्दा ७५ ग्राम गाँजा भेटिएपछि थप स्वास्थ्य जाँचका लागि दमौली अस्पतालतर्फ लैजाँदै गर्दा ती व्यक्ति प्रहरीको घेराबाट भागेका थिए ।

प्रहरीले पिछा गर्दै जाँदा मादी नदीमा हाम्फालेर ज्यान बचाउने क्रममा उनी नदी किनारमा खसेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।