चैत १६ मतदाता नामावली सङ्कलन गर्ने कार्यमा अवरोध पु¥याएको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले हिजो पक्राउ गरेको नेपाल कम्युनिस्ट पार्टी माओवादीका दुईजना नेतालाई रिहा गरेको छ ।

रिहा भएका नेकपा माओवादीका नेताहरुमा रवीन्द्र देउला र कृष्णराज कोइराला रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुले हिजो हेटौँडा नगरपालिकाको ८ नं. वडा समितिमा मतदाता नामावली सङ्कलन गर्ने कार्यमा अवरोध एवम् उपकरण तोडफोड गरेको प्रहरीको भनाई छ ।

नेकपा माओवादीका नेता थुनामुक्त भएपछि आज १० बजेबाट गर्ने भनिएको मकवानपुर बन्द फिर्ता भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।