तीव्र गतिको इन्टरनेट सेवा वाई म्याक्स आजदेखि सर्वसाधरणले पनि प्रयोग गर्न मिल्ने भएको छ ।

नेपाल टेलिकमले आजदेखि उक्त सेवा सर्वसाधरणका लागि पनि बिक्री खुल्ला गरेको हो ।

देशका सबै गाउँ विकास समितिले सिफारिस गरेको स्थानमा २ सय ५६ केबीपीएस क्षमताको खरिद गर्दा ५० प्रतिशतसम्म पनि छुट दिने व्यवस्था गरिएको छ ।
सो सेवा कर्णाली अन्चल बाहेक १३ अन्चलका ४९ जिल्लामा सन्चालनमा आईसकेको छ । बाँकी स्थानमा जेठ भित्रै सेवा सन्चालन गरिने टेलिकमले जनाएको छ ।

वाई म्याक्स सेवाका लागि टेलीकमले इयरम्याक्स टेक्नोलोजी प्राली र युनिटेक नेटवर्क प्रालिसँग सहकार्य गरेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।