चैत १४ – घरमै गएर अर्कैको श्रीमतीलाई कुट्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

तनहुँ जिल्लाको श्याम्घा गाविस वडा नं ३ निवासी २९ वर्षीय सरिता विकलाई घरमै गएर कुटपिट गर्ने छिमेकी ३२ वर्षीय सेराली मियाँ रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो ।

कुटपिटबाट विकको होस नखुलेकाले दमौलीस्थित व्यासनगर अस्पतालमा सामान्य उपचारपछि पोखराको मेट्रो सिटी अस्पतालमा पठाइएको बताइएको छ ।

भान्जीलाई सेरालीको पत्नी समिना र बहिनी लामार मियाँ गरी तीन जना मिलेर कुटपिट गरेको पीडित पक्षको भनाई छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।