चैत १४, रासस – जापान सरकार जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुदृढीकरण आयोजना कार्यक्रम सम्मन्न गर्नका लागि नेपाल सरकारलाई रु ९० करोड ७० लाखको अनुदान सहयोग दिन सहमत भएको छ ।

आज अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा जापान र नेपाल सरकारबीच सो विमालस्थलको ¥याडर तथा सञ्चार प्रणाली विकास गरी सुरक्षित हवाई सेवा उपलब्ध गराउनका लागि उक्त अनुदानमा सहमति भएको हो ।

आयोजनालाई सघाउन अर्थसचिव शान्तराज सुवेदी र नेपालका लागि जापानका राजदूत कुनियो ताकाहासीबीच सहमति भएको थियो भने अनुदान सहयोगमा रकम उपलब्ध गराउने सहमति पत्रमा अर्थमन्त्रालयका सहसचिव मधुकुमार मरासिनी र जाइका नेपाल प्रमुख सुतोमु शिमीजुले हस्ताक्षर गरे ।

सो अवसरमा अर्थसचिव सुवेदीले जापान सरकारको अनुदान सहयोगबाट नेपालको हवाई सेवालाई बढी सुरक्षित,भरपर्दो र सुविधायुक्त बनाउन महत्वपूर्ण योगदान पुग्ने बताउदै आर्थिक र सामाजिक क्षेत्रमा जापान सरकारले गरेको सहयोग प्रति आभार व्यक्त गरे ।

राजदूत ताकाहासीले सो सहयोगबाट नेपालको हवाई सुरक्षामा सुधार हुने विश्वास व्यक्त गरे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।