चैत्र १२ – मकवानपुरका दुई महिला मदिरासहित रौतहटमा पक्राउ परेका छन् । मकवानपुर बासामाडी घर भएकी सुनिता श्रेष्ठ र निलम श्रेष्ठलाई ३० लिटर अवैध मदिरासहित गौरमा आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

हेटौँडाबाट गौर आएको यात्रुबाहक बसबाट उनीहरुलाई बसपार्कबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहीका लागि मदिरासहित आन्तरिक राजस्व कार्यालय गौरमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी भारतबाट अवैधरुपमा ल्याइरहेको २५ हजार मूल्य बराबरको पाँंचवटा खसी जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले पक्राउ गरेको छ ।

होली पर्वको अवसरमा बढी भाउमा मासु बेच्ने उद्देश्यले व्यापारीले भारतको बैरगनियाबाट ल्याइरहेका पाँचवटा खसीलाई सोमबार बिहान गौर नगरपालिका महादेवपट्टी स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।